काठमाडौं, भदौ १७- नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य बढाएको छ ।
बिहीबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढाएको हो ।
नयाँ मूल्य अनुसार अब डिजेल र मट्टीतेल प्रतिलिटर समान १७८ रुपैयाँ पर्नेछ ।
यस्तै, पेट्रोल, हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ ।
इण्डियन आयल कर्पोरेसनले बिहीबार नै पेट्रोलमा प्रति लिटर १ रुपैयाँ ३९ पैसा, डिजलमा प्रति लिटर ६ रुपैयाँ १२ पैसा र हवाई इन्धनमा ८ रुपैयाँ १ पैसा वृद्धि गरेर पठाएको थियो ।
आइओसीले मट्टितेल र एलपी ग्यासको भाउ भने घटाएर पठाएको थियो । निगमले भारतबाट बढेर आउनेबित्तिकै मूल्य बढाउने तर मूल्य घटेर आउँदा भने नेपालमा यथावत राख्ने गर्दै आएको छ ।
नेपाल आयल निगमले आइओसीलाई तिर्नुपर्ने बक्यौता २१ अबै रुपैयाँ भन्दा बढी पुगेको छ ।
चाडपर्वको मुखमा पेट्रोलियम पदार्थको मूल्य बढाउँदा उपभोक्ताहरु भने झनै मारमा परेका छन् ।