Hamro Sanchar

रेखा थापा मोरङ-३ बाट सिफारिस

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, १४ गते


Advertisement

मोरङ, भदौ १४- प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले मोरङको क्षेत्र नम्बर ३ बाट नायिका रेखा थापाको नाम सिफारिस गरेको छ ।

राप्रपाले पहिलो नम्बरमा नायिका थापाको नाम मोरङ क्षेत्र नम्बर–३ बाट सिफरिस गरेको हो ।

मोरङ–३ बाट नायिका थापा र अम्बिकाप्रसाद अधिकारीको नाम सिफारिस गरिएको छ ।

मोरङ–३ मा अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा एमाले नेता भानुभक्त ढकाल यस क्षेत्रबाट निर्वाचित भएका थिए ।


प्रतिकृया दिनुहोस्