Hamro Sanchar

किरण चेम्जोङको आरोप : अब्दुल्लाह अलमुताइरीले नेपाली फुटबललाई बिगारे

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, ८ गते


Advertisement

काठमाडौं, भदौ ८- नेपाली राष्ट्रिय फुटबल टीमका गोलकिपर किरणकुमार चेम्जोङले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली फुटबल टोलीलाई बिगारेको आरोप लगाएका छन् । बुधवार बंगलादेशविरुद्ध आयोजना हुने अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलका लागि अभ्यासको क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै गोलकिपर चेम्जोङले राष्ट्रकालागि खेल्ने खेलाडीलाई छाडेर एन्फाले क्षणिक समयका लागि आउने प्रशिक्षकको कुरा सुन्दा सिंगो फुटबल टोलीमा फाटो आएको टिप्पणी गरे ।

१४ वर्षसम्म निरुन्तर रुपमा राष्ट्रिय फुटबल टिमबाट खेलेका चेम्जोङसहितका १० खेलाडीले सेवा सुविधाका लागि माग गर्दा प्रशिक्षक अलमुताईरी र खेलाडीबीच विवाद भएको थियो । विवादसँगै बन्द प्रशिक्षणबाट बाहिरिएका खेलाडीलाई बाहिर राखेर अलमुताइरीले नयाँ टिम निर्माण गरेका थिए ।

जस यताका कुवेत भ्रमणसहितका केही खेलबाट चेम्जोङसहितका खेलाडीहरु वञ्चित रहेका थिए । गोलकिपर चेम्जोङले अन्य खेलाडी भन्दा आफुले टिमलाई विचलित बनाउने कुरा नगर्दा समेत टिमबाट आफु निष्कासित हुनुपरेको बताए । बिना कारण टिमबाट निकालिँदा सञ्चार माध्ययमले सहयोग गर्ने अपेक्षा राखे पनि प्रशिक्षकलाई कुनै प्रश्न नगरेको गुनासो गरे । चेम्जोङले अलमुताइरीले आफुलाई टोली भन्दा बाहिर राख्दा दुःख नलागेको तर प्रशिक्षकले नै टोली बिगार्दा भने दुःख लागेको बताए ।

तत्कालका लागि नेपालमा फुटबल गतिविधि नभएको अवस्थामा नेपाली टोलीले असोजमा बंगलादेशसँको मैत्रिपूर्ण खेल खेल्न लागेको छ । सोही मैत्रिपूर्ण खेलका लागि नेपाली टोलीका गोलकिपर किरण चेम्जोङ पनि टोलीमा समावेश छन् ।


प्रतिकृया दिनुहोस्