Hamro Sanchar

माधव नेपालको चेतावनी : ओलीबारे पोजिटिभ हुने गरी प्रचार गरिए सैह्य हुँदैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, ४ गते


Advertisement

काठमाडौं, भदौ ४- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीबारे सकारात्मक कुरा गर्दै नगर्न पार्टीका नेता, कार्यकर्तालाई कडा निर्देशन दिएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टीको उपत्यका विशेष युवा जिल्ला भेलामा बोल्दै अध्यक्ष नेपालले ओलीबारे सकारात्मक हुने खालको कुनै पनि प्रचार नगर्न पार्टी पंक्तिलाई सचेत गराएका हुन् । ओलीबारे पोजिटिभ हुने गरी प्रचार गरिए सैह्य नहुने उनको चेतावनी थियो । अध्यक्ष नेपालले हामीलाई अपराधि घोषणा गर्ने, देशद्रोही भन्ने, अस्तित्वलाई समेत स्विकार नगर्ने ओलीलाई मुखभरीको जवाफ दिन पार्टीका नेता, कार्यकर्ताहरुलाई सक्रिय हुन आग्रह समेत गरे । उनले एमालेसँग जाने कल्पना समेत गर्न नसकिने पटकपटक दोहोर्याए ।

अध्यक्ष नेपालले विचार मिल्ने, कुरा मिल्ने बामपन्थी दलहरुसँग एकतावद्ध भएर जाने प्रस्ताव आफ्नो पार्टीले अगाडि बढाईरहेको तर एमालेसँग भने मिल्ने कुनै सम्भावना नभएको बताए । उनले स्थानीय तहको चुनावमा भन्दा पनि थप सफलता हासिल गर्नका लागि आफ्नो पार्टीले आगामी चुनावमा पनि सत्तारुढ गठबन्धन कायमै राखेर अघि बढने निर्णय लिएको उल्लेख गरे ।

अध्यक्ष नेपालले पार्टी विभाजन भएको बेला गएका १० भाईहरुको एमालेमा बिजोग भईरहेको टिप्पणी पनि गरे । एमालेमा बिजोग हुने अवस्था आउने देखेरै आफूहरुले बाध्य भएर नयाँ पार्टी गठन गर्नु परेको उनको भनाई थियो ।


प्रतिकृया दिनुहोस्