Hamro Sanchar

कांग्रेसका नेता गिरीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगिन् राष्ट्रपति भण्डारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, ४ गते


Advertisement

काठमाडौं, भदौ ४- राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्थाबारे बुझ्न अस्पताल पुगेकी छन् ।

राष्ट्रपति भण्डारीले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारार्थ गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेकी हुन् ।

राष्ट्रपति भण्डारी बिहान ११ बजे अस्पताल पुगेकी थिइन् ।

अस्पतालका सञ्चालक समितिका अध्यक्ष डा उपेन्द्र महतोले नेता गिरिको स्वास्थ्य अवस्थाबारे राष्ट्रपति भण्डारीसमक्ष ब्रिफिङ गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रपति करिब एक घण्टासम्म अस्पताल बसेकी थिइन् ।

यसअघि आजै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

गिरि लामो समय भारतको मुम्बइका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचारपश्चात् केही महिना अघि नेपाल फर्किएका थिए ।

नेपाल फर्किना साथ निमोनिया देखिएपछि नेता गिरिलाई थप उपचारका लागि गत साउन नौ गते नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।


प्रतिकृया दिनुहोस्