Hamro Sanchar

कार्यकक्षबाटै घुससहित पक्राउ परिन् कम्प्युटर अधिकृत विन्दु

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ साउन, १८ गते


Advertisement

काठमाडौं, साउन १८- आन्तरिक राजश्व कार्यालय, लाजिम्पाटमा कार्यरत कम्प्युटर अधिकृत विन्दु प्रधान श्रेष्ठ घुससहित पक्राउ परेकी छिन् ।

अख्तियार दूरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बुधबार ३० हजार घुससहित पक्राउ गरेको हो ।

कर सम्बन्धि विषयमा सहयोग गरिदिने भन्दै उनले घुस लिएको आयोगले जनाएको छ । कार्यकक्षबाटै उनलाई आयोगको टोलीले पक्राउ गरेको हो ।


प्रतिकृया दिनुहोस्