काठमाडौं, साउन १८- आन्तरिक राजश्व कार्यालय, लाजिम्पाटमा कार्यरत कम्प्युटर अधिकृत विन्दु प्रधान श्रेष्ठ घुससहित पक्राउ परेकी छिन् ।
अख्तियार दूरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बुधबार ३० हजार घुससहित पक्राउ गरेको हो ।
कर सम्बन्धि विषयमा सहयोग गरिदिने भन्दै उनले घुस लिएको आयोगले जनाएको छ । कार्यकक्षबाटै उनलाई आयोगको टोलीले पक्राउ गरेको हो ।