काठमाडौं, मंसिर ११- कागेश्वरी मनोहरामा नगरपालिका वडा नम्बर-१ को गागलफेदीमा संचालित कागेश्वरी दुग्ध उत्पादक सहकारी संस्थाको १७औँ साधारण सभा सम्पन्न भएको छ ।
संस्थाले संबिधानसभा सदस्य तथा बागमती प्रदेशका पुर्वमन्त्री रामेश्वर फुयालको प्रमुख आतिथ्यतामा सोमबार शंखरापुरको सलम्बुदेवी मन्दिर पसिसरमा एक कार्यक्रमको आयोजना गरि साधारणसभा सम्पन्न गरेको हो ।
साधारण सभामा संस्थाका अध्यक्ष रविशरण थापाले बार्षिक प्रतिबेदन पेश गर्दै दुग्ध सहकारीको माध्यमबाट नागरिकको आर्थिक उन्नति हुनेमा विश्वास व्यक्त गरे । उनले समाज परिवर्तनको लागि सहकारीको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै उद्धेश्य अनुरुप काम गर्नु पर्नेमा जोड दिए ।
अध्यक्ष थापाको प्रतिबेदनअनुसार सहकारीको शेयर सदस्य सँख्या बढेर ४ सय १० पुगेको छ । शेयर पुँजी ५१ लाख ४० हजार ३ सय पुगेको छ । त्यसैगरी गतबर्ष कृषकबाट ५ लाख ११ हजार ७ सय ८१ लिटर दुध संकलन भएको छ भने ४ करोड ३३ लाख ५२ हजार ७ सय ८८ रुपयाँ बराबरको कारोबार भएको छ ।
यस्तै सँस्थाले ३ वटा सँकलन केन्द्रबाट दैनिक १ हजार ५ सय लिटर दुध संकलन गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथीको फुयालले संबिधानले सरकारी, सहकारी र निजिक्षेत्रलाई विकासको आधार स्तम्भ मान्दै समान अधिकार दिएको बताए । सरकारको जिम्मेवारी किसानको उत्पादनको बजारीकरण गर्ने र लगानीको उचित प्रतिफल उपलब्ध गराउने भन्दै सरकारमा बसेकाहरुलाई किसानका समस्या तर्फ ध्यान दिन आग्रह गरे ।
भैसी पालनलाई प्रबर्धन गर्न तथा उत्पादनमा लगानी बढाउन किसान र बित्तिय सँस्थाहरुबिच छलफल गराउने योजना रहेको फुँयालले बताए ।
यस्तै कार्यक्रममा पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष सुर्य सुवेधी, नगरपालिका कृषि शाखा प्रमुख गोमा खतिवडा, सहकारी शाखा प्रमुख बिश्वास ज्ञवाली, पशुशाखा प्रमुख राम बहादुर देउजा, केन्द्रिय दुग्ध सहकारी सँघका बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटा लगायतले सम्बोधन गरेका थिए ।
साधारण सभामा कोषाध्यक्ष धर्मराज धिमालले गत बर्षको आयब्यय तथा आगामी बर्षको आर्थिक योजना पेश गरेका थिए ।
साधारण सभामा कृषी र पशुपालनमा सक्रिय सबैभन्दा बढि दुध र गुणस्तरीय दुध बेच्ने महिला कृषक रुद्र कुमारी खत्री, ३ सय ६५ दिन नै भैसीको दुध उपलब्ध गराउने मिगमार दोर्जे लामा, गाइको दुध ३ सय ६५ दिन नै उपलब्ध गराउने राजन खड्का, युवा कृषक बिकास कुँइकेल तथा नियमित दुध उत्पादन, संकलन तथा बिक्रि गर्ने कृषक मणिराम केसी उत्कृष्ट किसान घोषित भएका थिए । उनीहरुलाई नगदसहित सम्मान गरिएको थियो ।
संस्थाले यस आर्थिक बर्षमा शेयर पुँजी ५० लाखबाट बढाएर १ करोड पुर्याउने लक्ष्य राखेको छ । भने झन्डै १८ लाख खुद नाफा कमाउन सफल संस्थाले त्यसको डबल पुर्याउने, पशु पोषण र आहारको लागि सरकारी तथा निजी जमिनमा घाँस खेती गरि घाँसमा आधारित पशु पालनलाई प्राथमिकतामा राखेर उन्नत जातको घाँस खेति गर्ने जस्ता लक्ष्य राखेको छ ।