Hamro Sanchar

माल्दिभ्स भारतसँग पराजित, नेपालको फाइनल पुग्ने सपना चकनाचुर

प्रकाशित : २०७९ साउन, १७ गते


Advertisement

काठमाडौं, साउन १७- यू–२० साफ च्याम्पियनसिपको फाइनल डिफेन्डिङ च्याम्पियन भारत र बंगलादेशबीच हुने भएको छ । भुवनेश्वरमा भइरहेको प्रतियोगिताको अन्तिम लिग खेलमा भारतले मंगलबार माल्दिभ्सलाई १–० ले हरायो र यससँगै उसको फाइलन यात्रा निश्चित भएको हो ।

यो नतिजापछि नेपाल भने प्रतियोगिताबाट बाहिरिएको छ । भारत त्यस खेलमा पराजित रहेको भए नेपाल फाइनल पुग्ने थियो । भारत नौ अंकसहित लिग तालिकाको दोस्रो स्थानमा रह्यो ।

भारतका लागि गरकित सिंहले खेल सकिन एक मिनेट अगाडि निर्णायक गोल गरे । खेलको अन्त्यमा भारत १० खेलाडीमा सीमित रह्यो । पार्थिव गोगोइ रातो कार्डसँगै मैदान छाड्न बाध्य रहे ।

नेपाल भने सात अंकमै सीमित रह्यो । नेपालले यसअगाडि बंगलादेशसँग १–१ को बराबरी खेलेको थियो ।


प्रतिकृया दिनुहोस्