Hamro Sanchar

एसपीपी सम्बन्धमा पत्र प्राप्त भइसक्यो, नेपालको निर्णयलाई स्वीकार्छौं- अमेरिकी दूतावास

प्रकाशित : २०७९ साउन, १३ गते


Advertisement

काठमाडौं, साउन १३- अमेरिकाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई नेपालले अस्वीकार गरेको भन्ने पत्र आफूलाई प्राप्त भइसकेको जनाएको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले आफुहरुलाई एसपीपीको सम्बन्धमा नेपाल सरकारबाट आधिकारिक लिखित सन्देश पठाएको र नेपाल सरकारले एसपीपीमा सहभागी नहुने भनेर गरेको निर्णयलाई पूर्णरूपमा स्वीकार गर्ने बताएको छ ।

परराष्ट्रमन्त्री नारायण खड्काले प्रतिनिधिसभामा शुक्रबारै बोल्दै परराष्ट्र मन्त्रालयले साउन ९ मा एसपीपीमा सहभागी नहुने भन्दै अमेरिकी सरकारलाई पत्राचार गरिसकेको जानकारी दिएका थिए । मन्त्रिपरिषद्को असार ६ को बैठकले एसपीपीलाई अस्वीकार गर्ने निर्णय गरेको थियो ।


प्रतिकृया दिनुहोस्