Hamro Sanchar

सैन्य गठबन्धनमा सामेल हुने कुरा कल्पना पनि गर्न हुँदैन : माधव नेपाल

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ साउन, ११ गते


Advertisement

काठमाडौं, साउन ११- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सैन्य गठबन्धनमा सामेल हुने कुरा कल्पना पनि गर्नु नहुने बताएका छन् ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले नेपाललाई कुनैपनि सैन्य गठबन्धनमा सामेल गराउने कुरा कल्पना पनि गर्नु नहुने बताएका हुन् ।

उनले नेपाललाई सैन्य गठबन्धनमा सामेल नगराउने राजनीतिक पार्टीहरुको अडान हुनुपर्ने र सरकार पनि सो अडानमा खुट्टा नकमाई अगाडी बढ्नुपर्ने बताए । अध्यक्ष नेपालले परराष्ट्र नीति र राष्ट्रिय सुरक्षाको नीतिको मामिलामा राष्ट्रिय सहमती हुनुपर्ने बताए ।

उनले नेपालले आर्थिक सहयोग लिँदा राष्ट्रिय हीतमा आघात पुग्नेगरी अनुचित शर्त स्वीकार गर्नु नहुने बताए ।

पूर्वप्रधानमन्त्री नेपालले देशको रक्षाको निम्ति सबै एकतावद्ध भएर अगाडी बढ्नुपर्नेमा जोड दिए ।


प्रतिकृया दिनुहोस्