काठमाडौं, साउन ५- संसदीय विशेष छानबिन समितिले पूर्वअर्थमन्त्री जनार्दन शर्मासँग सोधपुछ सुरु गरेको छ । छलफलका लागि आज बिहान ८ बजे बोलाइएको बैठकमा शर्मा पुगेका छन् ।
बुधबार समितिले अर्थमन्त्रालयमा बाह्य व्यक्तिको प्रवेशका बारेमा समाचार लेख्ने दुईपत्रकारसँग छलफल गरेको थियो ।
पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि बजेट निर्माणमा बाहिरी व्यक्तिलाई प्रवेश गराएको आरोपमा छानबिन गर्न संसदीय छानबिन समिति बनेको हो ।
संसदीय छानबिन समितिमा ११ सदस्य छन् । तत्कालीन अर्थमन्त्री शर्माले बजेट बनाउने क्रममा बाहिरी व्यक्तिलाई मध्यरातमा मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको थियो । आरोप लागेसँगै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।