Hamro Sanchar

आफ्नै छोराले नाकको डाडीमा हानेर आमाको गरे हत्या

प्रकाशित : २०७९ साउन, १ गते


अर्घाखाँची, साउन १- अर्घाखाँचीमा आफ्नै छोराको लाठी प्रहारबाट घाइते भएकी आमाको मृत्यु भएको छ ।

जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ४ का २६ वर्षिय हेमन्त कार्कीले असार ६ गते आफ्नै आमा ५२ वर्षिया कमला कार्कीलाई घरासी विवाद हुँदा लाठी प्रहार गर्दा नाक डाडीको बीच भागमा गम्भीर चोट लागेको थियो ।

गम्भीर घाइते भएकी कमलाको उपचारको क्रममा गएराति काठमाडौंको टिचिङ अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक होम रेग्मीले जानकारी दिए ।

हेमन्तलाई इलाका प्रहरी कार्यालय ठाडाले नियन्त्रणमा लिइसकेको छ । आजै अदालतमा पेश गरि म्याद थपगरि अनुसन्धान गरिने प्रहरी निरिक्षक रेग्मीले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्