काठमाडौं, असार ३१- प्रहरी महानिरीक्षकमा आफूलाई नियुक्ति गरिपाउँ भनेर सर्वोच्च अदालतमा रिट दायर गरेका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको रिट खारेज भएको छ । सर्वोच्च अदलतका कायममुकायम प्रधानन्यायाधीश दिपककुमार कार्की र कुमार चुडालको इजलासले पोखरेलको रिट खारेज गरेको हो । यससँगै पोखरेलको आईजीपी बन्ने सपना चकनाचुर भएको छ ।
वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।