Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

बाढीपहिरोका कारण हालसम्म १२४ जनाको मृत्यु

July 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, साउन २- अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बुधबार दिउँसोसम्म १ सय २४ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौँ...बाँकी

आठबीसकोट बाढी : पुरिएका तीन बालिकाको शव निकालियो, बेपत्ता एकको खोजी जारी

July 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
त्रिवेणी (रुकुमपश्चिम), साउन १- रुकुमपश्चिममा गएराति आएको बाढीले घर बगाउँदा पुरिएका तीन बालिकाको शव निकालिएको छ । आठविसकोट नगरपालिका १२ को झिन्चौर बगरमा झिन्चौर खोलामा आएको बाढीले घर बगाउँदा तीन बालिका पुरिएका थिए । बाढीले...बाँकी

सिमलताल पहिरो : हालसम्म १५ शव फेला, ८ शवको सनाखत (नामावलीसहित)

July 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, साउन १- गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये १५ जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये ८ जनाको परिचय खुलेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । अन्य शव...बाँकी

सिमलताल पहिरो : हालसम्म १३ वटा शव भेटिए

July 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
नवलपुर (नवलपरासी), असार ३१- चितवनको भरतपुर–२९ सिमलतालमा शुक्रबार बिहान गएको पहिराले बगाएर बेपत्ता भएकामध्ये नवलपुरमा मात्रै नौवटा शव भटिएका छन् । यीसहित हालसम्म १३ मध्ये नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा नौ, चितवनमा तीन र नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) मा...बाँकी

सिमलतालमा दुर्घटना : थुम्सीमा भेटियो एक युवकको शव

July 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
नवलपरासी पूर्व, असार ३१- गैंडाकोटस्थित नारायणी नदीको बीचमा आइतबार बिहान भेटिएको शव सिमलताल बस दुर्घटनामै परेका व्यक्तिको रहेको खुलेको छ । शव काठमाडौं महानगरपालिका वडा नम्बर-४ बस्दै आएका २९ वर्षीय सज्जात अन्सारीको भएको प्रहरीले बताएको...बाँकी

त्रिशूली किनारमा बेपत्ताका परिवारद्वारा गृह सचिवसँग विलौना

July 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, असार ३०- यही असार २८ गते बिहान नारायणगढ–मुग्लिन सडकखण्डमा गएको पहिराले दुई वटा यात्रुबाहक बस त्रिशूली नदीमा पुर्यायो । बसमा सवार यात्रुका अधिकांश आफन्त उक्त समाचार सुन्ने वित्तिकै बोकेर घटनास्थल आइपुगेका थिए । उनीहरु...बाँकी

मनकामना चर्च ब्वाइज युनाइटेड क्लबका खेलाडीहरुलाई जया बहुमुखी क्याम्पस प्रमुख पौडेलद्वारा जर्सी हस्तान्तरण

July 14, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मनोरञ्जन, समाचार, समाज
काठमाडौं, असार ३०- मनकामना चर्च बोइज युनाइटेड क्लबको एकेडेमीक पाट्नर जया बहुमुखी क्याम्पस र मनकामना सेकेण्डरी स्कुलले खेलाडीलाई जर्सी हस्तान्तरण गरेका छन् । गोकर्णेश्वर नगरपालिका- ८ माकलबारीमा रहेको जया बहुमुखी क्याम्पसमा शनिबार आयोजना एक कार्यक्रमकाबीच...बाँकी

नारायणी नदी किनारामा थप दुइ शव फेला, सिमलताल घटनाकै रहेकाे आशङ्का

July 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असार २९-  नवलपरासी पूर्वको गैँडाकोट-१० मा दुई जनाको शव भेटिएको छ । नारायणी नदी किनारमा ती शव भेटिएको प्रहरीले जनाएको छ । फेला परेका शव सिमलताल घटनाका रहेको अनुमान गरिएकाे छ । यद्यपि प्रहरीले...बाँकी

सिमलताल पहिरोसँगै त्रिशूलीले बगायो सृष्टिको जापान जाने सपना

July 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
बारा, असार २९- बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ घर भएकी सृष्टि यादव सवार एञ्जल बस चितवनको भरतपुर महानगरपालिका-२९ को सिमलतालमा लेदोसहितको पहिरोले बगाएको छ । हालसम्म उनी त्रिशूली नदीमा बेपत्ता छिन् । २५ वर्षीया...बाँकी

नारायणी नदीमा फेला परेको शव गणपति डिलक्समा सवार यात्रुको भएको पुष्टि

July 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
चितवन, असार २९- चितवनको भरतपुर-२८ स्थित नारायण नदी किनारमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता डिएसपी भेषराज रिजालका अनुसार उक्त शव गणपति डिलक्सका...बाँकी