Hamro Sanchar

अमेरिकाबाट आएका व्यक्ति एअरपोर्टबाटै बेपत्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, ३० गते


काठमाडौं । अमेरिकाबाट काठमाडौं आएका एक व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा पर्वतको पैंयू गाउँपालिका–१ घर भएका ७६ वर्षीय दण्डपाणि भुसाल छन् । उनी शनिबार राति १०ः२५ बजेदेखि एअरपोर्टबाट बेपत्ता भएका भुसालका ज्वाईं मधु वस्तीले जानकारी दिएका छन् ।

विमानस्थलमा ओर्लेपछि भिडिओ कल समेत भएको र त्यसपछि भुसाल बेपत्ता भएको वस्तीले बताए । राति १०ः२५ बजे विमानस्थलबाट बाहिर निस्केको सीसी क्यामेरामा समेत देखिए पनि त्यहाँबाट कता गए भन्ने पत्तो नलागेको उनले बताए ।

अमेरिकाबाट दुबई ट्रान्जिट भएर हिमालयन एअरलाइन्समार्फत भुसाल शनिबार राति काठमाडौं ओर्लिएका थिए ।

लेखपढ गर्न नजान्ने भुसाल हराएपछि आफन्तले प्रहरी वृत्त गौशालामा निवेदन दिएका छन् ।

गौशाला वृत्तका डीएसपी केशव थेबेले दण्डपाणि भुसाल हराएको भन्दै निवेदन आएको पुष्टि गरेका छन ।


प्रतिकृया दिनुहोस्