Skip

Hamro Sanchar

टरिगाउँ विमानस्थलबाट मङ्गलबार पनि उडान हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, २९ गते


दाङ। दाङको टरिगाउँ विमानस्थलमा अब मङ्गलबार पनि हवाई उडान हुने भएको छ ।

यसअघि प्रत्येक शुक्रबार मात्रै उडान हुँदै आएकामा नेपाल एयरलाइन्सले आगामी सातादेखि मङ्गलबार पनि उडान हुने भएको नेपाल वायुसेवा निगमका दाङ प्रमुख बलबहादुर सुनारले जानकारी दिए ।

उनका अनुसार अब यस विमानस्थलबाट शुक्रबार दिउँसो १२ बजे र मङ्गलबार दिउँसो २ बजे उडान भर्नेछ । दसैँ तथा तिहारलगायतका चाडपर्वलाई लक्षित गरी उडान बढाइएको प्रमुख सुनारले बताए ।


प्रतिकृया दिनुहोस्