आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

बसमा आगलागी हुनुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद भएको खुलासा

September 21, 2026 | Posted by Pradip Nepali |  समाचार
५ असोज, काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुनुअघि चालक र ट्राफिक प्रहरीबीच जरिबानाको विषयलाई लिएर विवाद भएको खुलेको छ। रिद्धिसिद्धी यातायातको बा५ख ४२७६ नम्बरको बसका चालक २५ वर्षीय दावा लामासँग ट्राफिक प्रहरीको विवाद...बाँकी

भोटेकोशी बाढी अध्ययन गर्न बन्यो १५ सदस्यीय संसदीय विशेष समिति

September 21, 2026 | Posted by Pradip Nepali |  समाचार
५ असोज, काठमाडौं । रसुवाको भोटेकोशी–त्रिशूली करिडोरमा गत भदौ १० गते आएको विनाशकारी बाढीवारे अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन गरिएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले पेश गरेको ‘हिमालमा जलवायु...बाँकी

संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानु अघि प्रधानमन्त्री र कांग्रेस नेताको भेटवार्ता

September 21, 2026 | Posted by Pradip Nepali |  राजनीति, समाचार
५ असोज, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरूसँग भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे, उपसभापति विश्वप्रकाश शर्मालगायतका नेतासँग भेटवार्ता गरेका हुन्।...बाँकी

चीनद्वारा बाढी प्रभावित बालबालिकालाई १ करोड १० लाख सहयोग

September 21, 2026 | Posted by Pradip Nepali |  समाचार
५ असोज, काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित बालबालिकाको सहयोगका लागि चीन सरकारले नेपाललाई १ करोड १० लाख रुपैयाँ सहयोग गरेको छ। नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले आज शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई भेटेर सहयोग...बाँकी

बिजुलीको कर हट्ने

September 21, 2026 | Posted by Pradip Nepali |  समाचार
५ असोज, काठमाडौं । बालेन सरकारले विद्युत् महसुलमा लगाउँदै आएको भ्याट (कर)हटाउने तयारी गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र अर्थमन्त्री डा। स्वर्णिम वाग्लेबीच भएको छलफलमा भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भएको ऊर्जा...बाँकी

ओली आक्रोशित : खुलेआम अध्यक्ष हटाउनुपर्छ भनेर न्यायाधीश बन्ने को हो ?

September 21, 2026 | Posted by Pradip Nepali |  समाचार
५ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो राजीनामा माग्ने नेतामाथी आक्रोश व्यक्त गरेका छन्। आज बसेको केन्द्रीय कमिटीको बैठकमा बोल्दै ओलिले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गरि असन्तुष्टि व्यक्त गरेका हुन् । उपमहासचिव...बाँकी

त्रिपुरेश्वरमा बस भित्रै थिए चालक, गाडीमा लाग्यो आगो

September 21, 2026 | Posted by Pradip Nepali |  समाचार
५ असाेज, काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित बस स्टप अगाडि बसमा आगलागी हुँदा चालक घाइते भएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बा ५ ख ४२७४ नम्बरको ऋद्धिसिद्धि यातायात बसमा अचानक आगलागी भएको हो।...बाँकी

भरत दाहालको पक्राउबारे बोले डा.शेखर कोइराला, भने : स्वेच्छाचारी कदम

September 21, 2026 | Posted by Pradip Nepali |  समाचार
५ असोज, काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले भरत दाहालको पक्राउलाई सरकारको स्वेच्छाचारी कदम भन्दै आपत्ति जनाएका छन्। सरकार नीति र नियमभन्दा बाहिर गएर चल्न थाले लोकतन्त्र नै खतरामा पर्ने चेतावनी दिँदै उनले दाहालको...बाँकी

कोसी प्रदेशमा डेंगीको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

September 21, 2026 | Posted by Pradip Nepali |  यौन-स्वास्थ्य, समाचार
५ असोज, झापा । कोसी प्रदेशमा डेंगी संक्रमणको दर बढ्दै गएको छ । झापा जिल्ला डेंगीको सबैभन्दा उच्च जोखिममा देखिएको छ । कोसी प्रदेशको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत स्मृती लुइटेलका अनुसार, सन् २०२६ को सेप्टेम्बर...बाँकी

दमौली–भरतपुर २२० केभी प्रसारणलाइन : रुख कटानको स्वीकृति

September 21, 2026 | Posted by Pradip Nepali |  समाचार
तनहुँ । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर २२० केभी प्रसारणलाइनका लागि तनहुँतर्फका सबै सामुदायिक वनमा रुख कटानको आवश्यक कानुनी स्वीकृति प्राप्त भएको छ । आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार, प्रसारणलाइनअन्तर्गत जिल्लामा...बाँकी