आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

भिजिबिलिटी घट्दा पोखरा, भरतपुर र सिमरा विमानस्थलमा उडान ठप्प

September 25, 2026 | Posted by Pradip Nepali |  समाचार
९ असोज, काठमाडौं । निरन्तर भइरहेको वर्षाका कारण पोखरा, भरतपुर र सिमरा विमानस्थलको हवाई सेवा प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता सञ्जय कुमारका अनुसार भिजिबिलिटी आवश्यक स्तरमा नपुगेपछि यी तीन विमानस्थलमा उडान तथा...बाँकी

⁠वर्षासँगै पहिरो : काठमाडौं आउने-जाने मुख्य सडकमा यातायात प्रभावित

September 25, 2026 | Posted by Pradip Nepali |  समाचार
९ असाेज, काठमाडौं । अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खसेपछि काठमाडौं जोड्ने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्तिलोकपथमा बिहानैदेखि सवारी आवागमन ठप्प भएको छ। काठमाडौंको प्रमुख प्रवेशमार्गका रूपमा रहेको त्रिभुवन...बाँकी

वर्षाले बढायो जोखिम, काठमाडौं बाहिरिने सवारीसाधन नागढुंगामा रोकिए

September 25, 2026 | Posted by Pradip Nepali |  समाचार
९ असोज, काठमाडौं । लगातार भइरहेको वर्षाका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाबाट बाहिरिने सबै प्रकारका सवारीसाधन नागढुंगा क्षेत्रमा रोकिएका छन्। बिहीबार साँझ ८ बजेदेखि यात्रुवाहक तथा मालवाहक सवारीसाधन, मोटरसाइकललगायतका सवारीसाधनलाई नागढुंगामै होल्ड गरिएको...बाँकी

कोशी ब्यारेजमा खतराको संकेत, २४ वटा ढोका खोलिए

September 25, 2026 | Posted by Pradip Nepali |  समाचार
९ असाेज, इनरुवा । पूर्वी पहाडी तथा तराई क्षेत्रमा भइरहेको लगातार वर्षाका कारण कोशी नदीमा पानीको बहाव बढेको छ। कोशी ब्यारेजमा आज बिहान पानीको बहाव १ लाख ९० हजार क्युसेक नाघेको छ। जिल्ला प्रहरी कार्यालय...बाँकी

बिहानैदेखी देशभर वर्षा जारी, कोशी–बागमती–गण्डकीमा भारीदेखि धेरै भारी

September 25, 2026 | Posted by Pradip Nepali |  समाचार
९ असोज, काठमाडौं । आज बिहानैदेखि देशका अधिकांश भू-भागमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ। लुम्बिनी प्रदेशका...बाँकी

जलवायु परिवर्तनको मारमा नेपाल, जिम्मेवारी पूरा गर्न विश्व समुदायलाई प्रधानमन्त्री बालेनको आग्रह

September 25, 2026 | Posted by Pradip Nepali |  समाचार
९ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा पनि कम रहे पनि जलवायु परिवर्तनका कारण नेपालले ठूलो क्षति व्यहोर्नुपरेको बताएका छन्। संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री...बाँकी

संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री शाहको सम्बोधन : ‘विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्’

September 25, 2026 | Posted by Pradip Nepali |  समाचार
९ असोज, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै भोटेकोसी बाढीको विषयसमेत उठाएका छन्। उनले नेपालले यस्ता प्राकृतिक विपत्तिलाई भूराजनीतिक प्रत्यारोपको विषय बनाउन नचाहेको स्पष्ट पारेका छन्। नेपाली समयअनुसार आज...बाँकी

कृष्णभीरमा ठूलो पहिरो, मुग्लिन-काठमाडौं सडक पूर्णरूपमा बन्द

September 25, 2026 | Posted by Pradip Nepali |  समाचार
९ असोज, काठमाडौं । मुग्लिन–काठमाडौं सडकखण्डअन्तर्गत कृष्णभीरमा ठूलो पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ। पहिरोका कारण सडकको दुवैतर्फ सवारीसाधनको आवागमन ठप्प भएको छ। कृष्णभीर क्षेत्रमा पहिरो खस्ने क्रम जारी रहन सक्ने भएकाले सडक आसपासको...बाँकी

अमेरिका उडे प्रधानमन्त्री बालेन

September 22, 2026 | Posted by Pradip Nepali |  समाचार
६ असोज, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन्। मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका लागि प्रस्थान गरेका हुन्। उनी कतार एयरवेजको ‘क्यूटीआर-६४५’ कल साइनको बोइङ ७८७-८ ड्रिमलाइनर जहाजबाट अमेरिका प्रस्थान गरेका छन्।...बाँकी

रसुवा बाढीपीडितका लागि चितवनको एउटै सामुदायिक कलेजले दियो ५ लाख बढी सहयोग

September 22, 2026 | Posted by Pradip Nepali |  शिक्षा, समाचार
काठमाडौं, असोज ६- रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत तथा उद्धारका लागि नारायणगढस्थित बालकुमारी कलेजले ५ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेको छ। कलेज परिवार, कलेजमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरूको...बाँकी