Skip

Hamro Sanchar

शशाङ्कको ठोकुवा : देउवा नेतृत्वकै कांग्रेस आधिकारिक, भ्रम नफैलाउन चेतावन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, १३ गते


Advertisement

सुर्खेत । नेपाली कांग्रेसभित्र नेतृत्वको विवाद चर्किरहेका बेला डाशशाङ्क कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कांग्रेस नै आधिकारिक भएको दाबी गरेका छन् ।

आज सुर्खेतमा आयोजित कर्णाली प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीको आधिकारिकताबारे कसैलाई भ्रममा नपर्न आग्रह गरे ।

आफैँलाई सभापति घोषणा गरेर भ्रम सिर्जना गर्ने गतिविधि संयोग मात्र नभई योजनाबद्ध प्रपञ्च भएको उनको टिप्पणी थियो ।

विधि, विधान र पार्टीको स्थापित मान्यताविपरीत हुने गतिविधि पार्टी र देशकै लागि घातक हुने उनले बताए ।

आगामी मङ्सिर २१ गतेदेखि हुने १५औँ महाधिवेशनलाई कांग्रेसको इतिहासमा नयाँ आयाम थप्ने अवसरका रूपमा व्याख्या गर्दै उनले कर्णालीका समस्या राष्ट्रिय एजेन्डा बनाउने प्रतिबद्धता पनि जनाए ।

 


प्रतिकृया दिनुहोस्