Skip

Hamro Sanchar

चुनावी मतसँग कर्णालीको विकास साट्दैनौँ : लामिछाने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, १२ गते


Advertisement

१२ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कर्णालीको विकासमा राजनीतिक सौदाबाजी नगर्ने बताएका छन्।

आज सुर्खेतमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले कर्णालीले रास्वपालाई एक मत पनि नदिए पनि प्रदेशको विकास पार्टीको प्राथमिकतामा रहने स्पष्ट पारेका हुन्।

विगतमा चुनाव जिताए मात्रै विकास गर्ने आश्वासन दिने राजनीतिक प्रवृत्तिको आलोचना गर्दै लामिछानेले रास्वपाले त्यस्तो राजनीति नगर्ने बताए।

उनले कर्णालीका मुद्दालाई राष्ट्रिय राजनीतिमा प्राथमिकताका साथ उठाउने प्रतिबद्धता जनाउँदै आफ्नो पार्टीको विद्रोह रक्तपातबिनाको शान्त राजनीतिक परिवर्तनका लागि भएको उल्लेख गरे।


प्रतिकृया दिनुहोस्