Skip

Hamro Sanchar

देउवा समूहको महामन्त्रीमा मोहनबहादुर बस्नेतको उम्मेदवारी घोषणा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, १२ गते


Advertisement

१२ मंसिर, काठमाडौं । देउवा समूहको महाधिवेशनमा मोहनबहादुर बस्नेतले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बस्नेतले महामन्त्रीमा प्रतिस्पर्धा गर्ने बताएका हुन्।

उम्मेदवारी घोषणा गर्दै उनले सभापति गगन थापा नेतृत्वको कांग्रेसमाथि पार्टी कब्जा गर्न खोजेको आरोप लगाए।

थापाले आफूइतरका नेता तथा कार्यकर्तालाई बेवास्ता गर्ने गरेको उनको दाबी छ।

पटक–पटक चुनाव जितेका नेताहरूलाई टिकट नदिने र क्रियाशील सदस्यता अद्यावधिक गराएका कार्यकर्तालाई समेत नचिन्ने व्यवहार देखाइएकाले आफूहरू छुट्टै महाधिवेशन गर्न बाध्य भएको बस्नेतले बताए।


प्रतिकृया दिनुहोस्