Skip

Hamro Sanchar

इनमको जीवनरक्षाको माग गर्दै पत्नी पुगिन् मानवअधिकार आयोग

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ११ गते


Advertisement

११ मंसिर, काठमाडौं । इनम सापकोटाको रिहाइ तथा जीवनरक्षाको माग गर्दै उनकी पत्नी कविता पाण्डेले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएकी छन्।

पाण्डेले सापकोटालाई गैरन्यायिक रूपमा हिरासतमा राखिएको, पक्राउपछि दुई दिनसम्म आँखामा पट्टी बाँधेर मानसिक यातना दिइएको दाबी गर्दै मानवअधिकार संरक्षणको माग गरेकी हुन्।

उजुरीमा कृत्रिम बुद्धिमत्ता (एआई)प्रयोग गरेर फर्जी प्रमाण तयार पारिएको आरोपसमेत लगाइएको छ।

कांग्रेसको आधिकारिकता विवाद र सर्वोच्च अदालतका न्यायाधीशहरूसँग सम्बन्धित सेटिङका अडियोबारे आफूले आफन्त तथा प्रहरीको थप बयानका क्रममा जानकारी पाएको सापकोटाको दाबी छ।

आफूलाई हिरासतमा राखिराख्ने उद्देश्यले सम्पत्ति शुद्धीकरणको मुद्दासमेत थपिएको उनको आरोप छ। पक्राउले संविधानको धारा २० अन्तर्गतको स्वच्छ सुनुवाइ तथा निर्दोषिताको अनुमानसम्बन्धी हक र धारा २८ को गोपनीयताको हक उल्लंघन गरेको सापकोटाको दाबी छ।

पाण्डेले आयोगका अध्यक्ष तपबहादुर मगरलाई सम्बोधन गर्दै बुझाएको उजुरी दर्ता भएको छ।


प्रतिकृया दिनुहोस्