Skip

Hamro Sanchar

पूर्वमुख्यसचिव अर्याललाई हिरासतमा राख्न थपियो चार दिन म्याद

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ११ गते


Advertisement

११ मंसिर, काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याललाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई थप चार दिनको अनुमति दिएको छ।

आज नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले म्याद थपका लागि अर्याललाई अदालतमा उपस्थित गराएको थियो।

भारतको दिल्लीमा पक्राउ परेका अर्याललाई सिलगुडी हुँदै बिहीबार पूर्वी नाकाबाट नेपाल ल्याइएको थियो।

उनीमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा सीआईबीले अनुसन्धान गरिरहेको छ।


प्रतिकृया दिनुहोस्