काठमाडौं । एभरेस्ट महिला भलिबल लिगको तेस्रो संस्करण आगामी पुसमा आयोजना हुने भएको छ।
प्रतियोगिता पुस ६ देखि १५ गतेसम्म सञ्चालन हुने आयोजकले आज जानकारी दिएको हो।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिता १० दिनसम्म चल्नेछ।
लिगको मिति नेपाल भलिबल संघले स्वीकृत गरेको हो भने प्रतियोगिता स्थललाई राष्ट्रिय खेलकुद परिषद्ले अनुमति दिएको छ।
यस संस्करणमा रेड बुल साझेदारका रूपमा जोडिएको छ। लिगमा सहभागी हुने टोली, खेल तालिका र टिकटसम्बन्धी विस्तृत जानकारी भने चाँडै सार्वजनिक गरिने आयोजकले जनाएको छ।
























