Skip

Hamro Sanchar

सिंखडागाउँ–कोलमतेश्वर–बागमती सडक तीन महिनाका लागि बन्द हुँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ११ गते


Advertisement

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–४ अन्तर्गत सिंखडागाउँ–कोलमतेश्वर–बागमती सडक निर्माण कार्यका लागि तीन महिनासम्म बन्द हुने भएको छ।

वडा कार्यालयले आज (मंसिर ११ गते) सार्वजनिक सूचना जारी गर्दै उक्त सडकमा ढलान गर्ने कार्य भइरहेकोले भोलि मंसिर १२ गतेदेखि आगामी तीन महिनासम्म सडक बन्द रहने जानकारी दिएको हो।

सडक निर्माण कार्यलाई व्यवस्थित र समयमै सम्पन्न गर्ने उद्देश्यले उक्त सडकखण्ड बन्द गर्न लागिएको वडा कार्यालयले जनाएको छ। सडक बन्द रहने अवधिभर स्थानीय बासिन्दा तथा सवारी चालकलाई वैकल्पिक बाटो प्रयोग गर्न वडा कार्यालयले अनुरोध गरेको छ।

सडक बन्द हुँदा सर्वसाधारणलाई पर्न जाने असुविधाप्रति वडा कार्यालयले क्षमायाचना गर्दै निर्माण कार्यमा सहयोग गरिदिन सबैमा आग्रह गरेको छ।

वडा कार्यालयका अनुसार सडक निर्माण सम्पन्न नहुँदासम्म सम्बन्धित क्षेत्र भएर आवतजावत गर्ने नागरिकले वैकल्पिक मार्गको प्रयोग गर्नुपर्नेछ।


प्रतिकृया दिनुहोस्