Skip

Hamro Sanchar

चार महिनामै २० अर्बभन्दा बढीको बिजुली बेच्यो नेपालले

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, १३ गते


Advertisement

काठमाडौं । नेपालले चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार साउनदेखि कात्तिकसम्म २ अर्ब ३८ करोड ८७ लाख युनिट विद्युत् भारत र बंगलादेशमा बिक्री गरिएको हो।

यस अवधिमा विद्युत् निर्यातबाट २० अर्ब ४८ करोड ३७ लाख रुपैयाँ आम्दानी भएको छ। चार महिनाको औसत बिक्रीदर प्रतियुनिट ८ रुपैयाँ ५८ पैसा रहेको प्राधिकरणले जनाएको छ।

कात्तिकमा मात्रै ५२ करोड ९३ लाख युनिट विद्युत् निर्यात गरी ४ अर्ब ६ करोड २५ लाख रुपैयाँ आम्दानी भएको छ।

त्यस्तै, असोजमा सबैभन्दा बढी ६५ करोड ९ लाख युनिट विद्युत् निर्यात हुँदा ६ अर्ब ५ करोड ८१ लाख रुपैयाँ प्राप्त भएको थियो।

प्राधिकरणका अनुसार भदौ र असोजमा त्रिशूली तथा कालीगण्डकी नदीमा आएको बाढीले विद्युत् उत्पादन र प्रसारण संरचनामा क्षति पुर्‍याउँदा यस वर्ष निर्यात प्रभावित भएको हो।

गत आर्थिक वर्षमा नेपालले २९ अर्ब ३१ करोड रुपैयाँको विद्युत् निर्यात गरेको थियो भने १० अर्ब ५६ करोड रुपैयाँको विद्युत् आयात गरेको थियो।

यसरी आयातभन्दा निर्यातबाट १८ अर्ब ७५ करोड रुपैयाँ बढी आम्दानी भएको थियो।
नेपाल लगातार दुई वर्षदेखि विद्युत्को खुद निर्यातकर्ता बन्दै आएको छ।


प्रतिकृया दिनुहोस्