Skip

Hamro Sanchar

एमाले र मसालसँग एकताका लागि प्रचण्डको पहल, तीनबुँदे र दुईबुँदे प्रस्ताव अघि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, १२ गते


Advertisement

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले र नेकपा मसालसँग एकता तथा सहकार्यको प्रयास जारी रहेको बताएका छन्।

आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले सबै कम्युनिष्ट शक्तिलाई एउटै झण्डामुनि ल्याउने अभियानलाई तीव्रता दिइएको बताए।

उनका अनुसार एमालेसँग तीनबुँदे र नेकपा मसालसँग दुईबुँदे सहकार्यको प्रस्ताव अघि सारिएको छ। अन्य कम्युनिष्ट समूहसँग पनि निरन्तर छलफल भइरहेको उनले जानकारी दिए।

विगतमा वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउने प्रयास सफल हुन नसके पनि त्यसबाट निराश नभई फेरि एकताको पहल अघि बढाइएको उनको भनाइ छ।

प्रचण्डले मुलुकको राजनीतिक संकट समाधानका लागि शान्ति सम्झौता र संविधानसभाका सहयात्री शक्तिहरूसँग समेत संयुक्त मोर्चा निर्माणबारे छलफल भइरहेको बताए।


प्रतिकृया दिनुहोस्