Skip

Hamro Sanchar

देउवाको दाबी : ‘कांग्रेसको आधिकारिक सभापति म नै हुँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, १३ गते


Advertisement

सुर्खेत । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले पार्टीको आधिकारिक सभापति आफू नै रहेको दाबी गरेका छन्।

आइतबार वीरेन्द्रनगरमा आयोजित देउवा पक्षीय प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले संविधान र पार्टी विधानअनुसार कांग्रेसको आधिकारिकता आफू पक्षले नै पाउने विश्वास व्यक्त गरे।

‘कांग्रेसको आधिकारिक सभापति मै हुँ, महाधिवेशनपछि अर्को नयाँ साथी सभापति बन्नुहुन्छ,’ देउवाले भने।

उनले न्यायालयप्रति पूर्ण विश्वास रहेको उल्लेख गर्दै पार्टीको आधिकारिकता आफूहरूले नै पाउने जिकिर गरे।

साथै अब आफू पुनः पार्टी सभापति वा प्रधानमन्त्री नबन्ने बताउँदै बाँकी जीवन देशका लागि समर्पित गर्ने धारणा राखे।


प्रतिकृया दिनुहोस्