काठमाडौं । मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा १० जना नागरिकको ज्यान गएको घटनाप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गहिरो दुःख व्यक्त गरेका छन्।
आज शोक वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले दुर्घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै
शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्।
उनले दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।
साथै, मृतकका परिवारलाई तत्काल उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन पनि सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।


























