Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आवास कर्ण र डा. कर्मचार्य सचिवमा बढुवा, जिम्मेवारी पनि तोकियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १३ गते


Advertisement

काठमाडौं । सरकारले सहसचिव आवास श्रेष्ठ कर्ण र डा।जगदीश्वर कर्मचार्यलाई राजपत्रांकित विशिष्ट श्रेणीमा गर्दै नयाँ जिम्मेवारी तोकेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले कर्णलाई गण्डकी प्रदेशको प्रमुख सचिवमा बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

त्यस्तै, डा.कर्मचार्यलाई नेपाल इन्जिनियरिङ सेवातर्फ विशिष्ट श्रेणीमा बढुवा गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णय भएको छ।


प्रतिकृया दिनुहोस्