Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

हिमलुङ हिमपहिरोमा थप २ शव भेटिए, मृत्यु हुनेको संख्या ४ पुग्याे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १२ गते


Advertisement

१२ असोज, काठमाडौं । मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा थप दुई जनाको शव फेला परेको छ।

अज थप दुई शव भेटिएसँगै हिमपहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ।

नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) का अनुसार सोमबार वीरेन्द्र गुरुङ र घनश्याम राईको शव फेला परेको हो। यसअघि आइतबार छवि भोटे र पासाङ भोटेको शव भेटिएको थियो।

थप दुई शव फेला परेसँगै हिमलुङ हिमपहिरोमा ज्यान गुमाउनेको संख्या चार पुगेको हो। घटनापछि बेपत्ताको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको एनएनएमजीएले जनाएको छ ।


प्रतिकृया दिनुहोस्