Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नारायणी पुलबाट चल्न थाले गाडी, पुलमा अड्किएको क्रुज निकाल्ने तयारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १२ गते


Advertisement

१२ असोज, काठमाडौं । नारायणी नदीको पुलबाट सवारीसाधनको आवत-जावत पुनः सुरु भएको छ।

नदीमा आएको बाढीले राइनो क्रुजसिप बगाएर ल्याई पुलमा अड्किएपछि केही समय सवारी आवागमन रोकिएको थियो।

आइतबार बाढीले बगाएको क्रुजसिप पुलमै अड्किएपछि यातायात प्रभावित भएको थियो।

हाल पुलबाट सवारीसाधन सञ्चालनमा ल्याइएको जानकारी दिइएको छ। पुलमा अड्किएको क्रुजसिपलाई पुलमा क्षति नपुग्ने गरी हटाउने विषयमा प्राविधिकस्तरमा छलफल तथा तयारी भइरहेको जनाइएको छ।


प्रतिकृया दिनुहोस्