११ असोज, मनाङ । मनाङको चामेमा पहिरो खस्दा मर्स्याङ्दी नदी आंशिक रूपमा थुनिएको छ।
जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार चामे क्षेत्रमा पहिरो खसेर मर्स्याङ्दी नदीको केही भाग अवरुद्ध भएको हो।
पहिरो खस्ने क्रम अझै नरोकिएकाले नदीको बहाव प्रभावित बनेको छ।
हाल नदीको पानीको बहाव आंशिक रूपमा पुनः सञ्चालनमा आए पनि जोखिम कायमै रहेको प्रशासनले जनाएको छ।
मर्स्याङ्दी नदी किनार, करिडोर तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई थप सूचना जारी नभएसम्म सतर्क रहन प्रशासनले आग्रह गरेको छ।































