काठमाडौं, असोज २- सरकारी लगानी र पर्याप्त सहयोगको अभावमा विभिन्न समस्या झेल्दै आएका सामुदायिक क्याम्पसहरूले संकटका बेला सरकारलाई नै साथ दिइरहेका छन्। यसको पछिल्लो उदाहरण बनेको छ, मोरङको सुन्दरहरैँचास्थित सुकुना बहुमुखी क्याम्पस। सुकुना बहुमुखी क्याम्पसले रसुवामा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगार्थ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २ लाख ३१ हजार...
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अभिभावक गुमाएका तथा संरक्षणको आवश्यकता भएका १५२ जना बालबालिकालाई कागेश्वरी मनोहरा नगरपालिकाले २ हप्ताभित्र आफ्नै नगरमा स्थानान्तरण गर्ने भएको छ। नगरपालिकाले ती बालबालिकाको संरक्षण, पालनपोषण तथा शिक्षाको जिम्मेवारी लिँदै दीर्घकालीन अभिभावकत्व ग्रहण गर्ने निर्णय गरेको हो। नगरप्रमुख उपेन्द्र कार्कीको अध्यक्षतामा बुधबार...
विजय स्मारक माध्यमिक विद्यालयका कक्षा १ देखि १२ सम्मका विद्यार्थीले खाजाको रकम कटाएर जुटाए सहयोग
काठमाडौं, भदौ ३१- काठमाडौंको डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयका विद्यार्थीहरूले आफ्नो खाजाको रकम कटाएर भोटेकोशी बाढीपीडितका लागि रु. २४,८४०।- (अक्षरुपि चौबीस हजार आठ सय चालिस) सहयोग गरेका छन्। विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूले खाजा खान ल्याउने रकमबाट केही हिस्सा बचत तथा सङ्कलन गरी बाढीपीडितका लागि प्रधानमन्त्री दैवीप्रकोप...