११ असोज, काठमाडौं । निरन्तरको वर्षा र त्रिशूली नदीको बढ्दो बहावका कारण चितवनको इच्छाकामना–४ मा मनकामना केबलकारको गेटभित्र जाने सडक भासिएको छ।
नदीको बहावले झोलुङ्गे पुलमा निरन्तर प्रहार गर्दा मुख्य राजमार्गसमेत चर्किएको स्थानीय जनप्रतिनिधिले बताएका छन्।
सडक भासिएपछि मनकामना केबलकार सेवा तत्कालका लागि बन्द गरिएको छ। नदीको बहाव अझै तीव्र रहेकाले आसपासका क्षेत्रमा थप जोखिम बढेको जनाइएको छ।
































