Skip
आज : २०८३ आश्विन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रधानमन्त्री बालेन स्वदेश फर्किएकै दिन अर्थमन्त्री वाग्ले कतार प्रस्थान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १० गते


Advertisement

१० असोज, काठमाडौं । प्रधानमन्त्री बालेन स्वदेश फर्किएकै दिन अर्थमन्त्री डा.स्वर्णिम वाग्ले कतार प्रस्थान गरेका छन् ।

एसियाली पूर्वाधार विकास बैंक(एआईआईबी) को ११औँ वार्षिक बैठकमा सहभागी हुन  वाग्ले  आज साँझ कतार प्रस्थान गरेका हुन् ।

कतार एयरवेजको नियमित उडानमार्फत साँझ ७ बजे दोहा पुगेका वाग्लेले बैठकमा नेपालको पूर्वाधार विकास, जलवायु अनुकूलन, नवीकरणीय ऊर्जा, विपद्पछिको पुनर्निर्माण र आर्थिक वृद्धिका प्राथमिकताबारे छलफल गर्ने कार्यक्रम छ।

भ्रमणका क्रममा उनले एआईआईबी अध्यक्षसहित भारत, बंगलादेश, कतार र मालदिभ्सका अर्थमन्त्रीसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्नेछन्। वाग्ले असोज १४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

 


प्रतिकृया दिनुहोस्