Skip
आज : २०८३ आश्विन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेस महाधिवेशनमा रवि, ओली र प्रचण्डलाई निम्तो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १० गते


Advertisement

१० असोज, काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन प्रमुख तीन दलका शीर्ष नेताहरूलाई निमन्त्रणा दिएको छ।

कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निम्ता दिएको हो।

कांग्रेस सहमहामन्त्री उदयशमशेर राणाले तीनै नेतासँग प्रत्यक्ष भेट गरी निमन्त्रणा हस्तान्तरण गरेका हुन्।

कांग्रेसको १५औँ महाधिवेशन असोज १६ गतेदेखि काठमाडौंको खुलामञ्चमा हुँदैछ। उद्घाटन समारोहमा राजनीतिक दलका प्रतिनिधि, कांग्रेसका नेता–कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणलाई सहभागी हुन कांग्रेसले आग्रह गरेको छ।

 


प्रतिकृया दिनुहोस्