१० असाेज, काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आज स्वदेश फर्कंदै छन्।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री बालेन दिउँसो ३ः४५ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ।
उनी असोज ६ गते १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क पुगेका थिए।
बालेनले असोज ८ गते महासभालाई सम्बोधन गरेका थिए।
न्युयोर्क बसाइका क्रममा उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस तथा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजसँग पनि भेटवार्ता गरेका थिए ।































