Skip
आज : २०८३ आश्विन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कोशी ब्यारेजमा अति खतरा, ४३ ढोका खोलिए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १० गते


Advertisement

काठमाडौँ । अविरल वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढेको छ। पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेपछि कोशी ब्यारेजमा जोखिम बढेको हो।

ब्यारेजमा रहेका ५६ मध्ये ४३ वटा ढोका खोलिएको जनाइएको छ। जलस्तरले सुरक्षित सीमा पार गरेपछि ब्यारेजको अवस्थालाई ‘अति खतरा’को सूचीमा राखिएको छ।

सुनसरीको कोशी गाउँपालिकास्थित सप्तकोशी नदीमा रहेको कोशी ब्यारेजले पूर्व–पश्चिम राजमार्गमार्फत कोशी र मधेश प्रदेशलाई जोड्ने काम गर्छ।

नदीमा पानीको सतह थप बढ्न सक्ने भएकाले आसपासका क्षेत्रमा सतर्कता अपनाउनुपर्ने अवस्था देखिएको छ।


प्रतिकृया दिनुहोस्