Skip
आज : २०८३ आश्विन १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

भिजिबिलिटी घट्दा पोखरा, भरतपुर र सिमरा विमानस्थलमा उडान ठप्प

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ९ गते


Advertisement

९ असोज, काठमाडौं । निरन्तर भइरहेको वर्षाका कारण पोखरा, भरतपुर र सिमरा विमानस्थलको हवाई सेवा प्रभावित भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता सञ्जय कुमारका अनुसार भिजिबिलिटी आवश्यक स्तरमा नपुगेपछि यी तीन विमानस्थलमा उडान तथा अवतरण हुन सकेको छैन।

उनका अनुसार अन्य आन्तरिक विमानस्थलमा भने मौसमअनुसार उडान तथा अवतरण भइरहेको छ।

वर्षाका कारण केही विमानस्थलमा हवाई सेवा प्रभावित भए पनि अन्य स्थानमा नियमित सञ्चालन भइरहेको जनाइएको छ।


प्रतिकृया दिनुहोस्