Skip
आज : २०८३ आश्विन १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

वर्षाले बढायो जोखिम, काठमाडौं बाहिरिने सवारीसाधन नागढुंगामा रोकिए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ९ गते


Advertisement

९ असोज, काठमाडौं । लगातार भइरहेको वर्षाका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाबाट बाहिरिने सबै प्रकारका सवारीसाधन नागढुंगा क्षेत्रमा रोकिएका छन्।

बिहीबार साँझ ८ बजेदेखि यात्रुवाहक तथा मालवाहक सवारीसाधन, मोटरसाइकललगायतका सवारीसाधनलाई नागढुंगामै होल्ड गरिएको हो।

वर्षाका कारण पहिरो जाने, ढुंगा खस्ने तथा सडक अवरुद्ध हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै सुरक्षाका लागि सवारीसाधन रोकिएको जनाइएको छ।

नागढुंगा–नौबिसे सडकखण्ड हुँदै धादिङ, चितवन, पोखरा, गोरखालगायतका जिल्लातर्फ जाने सवारीसाधन रोकिँदा लामो दूरीका यात्रु तथा चालकहरू प्रभावित भएका छन्।

लगातारको वर्षाका कारण सडकका विभिन्न स्थानमा पहिरो तथा लेदो आउन सक्ने जोखिम रहेकाले सडक र मौसमको अवस्था हेरेर मात्रै सवारीसाधन सञ्चालनमा ल्याइने बताइएको छ।

अवस्था सामान्य भएपछि सुरक्षा निकाय तथा सम्बन्धित निकायको समन्वयमा सवारीसाधनलाई क्रमशः गन्तव्यतर्फ पठाइने तयारी छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै यात्रुलाई अनावश्यक यात्रा नगर्न र लामो दूरीको यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्रै प्रस्थान गर्न आग्रह गरिएको छ।

वर्षाका कारण नागढुंगा–नौबिसे सडकखण्डमा सवारीसाधनको चाप बढ्न सक्ने भएकाले यात्रुलाई धैर्य गर्नसमेत अनुरोध गरिएको छ।


प्रतिकृया दिनुहोस्