Skip
आज : २०८३ आश्विन १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बिहानैदेखी देशभर वर्षा जारी, कोशी–बागमती–गण्डकीमा भारीदेखि धेरै भारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ९ गते


Advertisement

९ असोज, काठमाडौं । आज बिहानैदेखि देशका अधिकांश भू-भागमा वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ।

लुम्बिनी प्रदेशका केही स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा पनि भारीदेखि धेरै भारी वर्षा भइरहेको विभागले जनाएको छ।

बाँकी अधिकांश क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्नुका साथै पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त तथा नदी किनारका क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

बाढी तथा डुबानसम्बन्धी जानकारीका लागि निःशुल्क ११५५ र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको १२३४ नम्बरमा सम्पर्क गरी पूर्वसूचना लिनसमेत अनुरोध गरिएको छ।


प्रतिकृया दिनुहोस्