९ असोज, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै भोटेकोसी बाढीको विषयसमेत उठाएका छन्।
उनले नेपालले यस्ता प्राकृतिक विपत्तिलाई भूराजनीतिक प्रत्यारोपको विषय बनाउन नचाहेको स्पष्ट पारेका छन्।
नेपाली समयअनुसार आज बिहान महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनसँग सम्बन्धित विषयमा सबै पक्षले आफ्नो दायित्व पूरा गर्नुपर्नेमा जोड दिए।
उनले जलवायु संकटबाट प्रभावित नेपालजस्ता मुलुकका समस्यालाई गम्भीर रूपमा लिनुपर्ने धारणा राख्दै अन्तर्राष्ट्रिय समुदायले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए।
सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले विश्व शान्ति, कल्याण र सद्भावको कामना गरे। उनले भने, ‘भगवान् पशुपतिनाथले विश्वको कल्याण गरुन्, यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्।’
































