Skip

Hamro Sanchar

बसमा आगलागी हुनुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद भएको खुलासा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ५ गते


Advertisement

५ असोज, काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुनुअघि चालक र ट्राफिक प्रहरीबीच जरिबानाको विषयलाई लिएर विवाद भएको खुलेको छ।

रिद्धिसिद्धी यातायातको बा५ख ४२७६ नम्बरको बसका चालक २५ वर्षीय दावा लामासँग ट्राफिक प्रहरीको विवाद भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

विवादका क्रममा लामाले आफूले गल्ती नगरेको भन्दै आक्रोश व्यक्त गरेका थिए। उनले ट्राफिक प्रहरीसँग माफी मागेको पनि भिडियोमा बताएका छन्।

विवादपछि राहदानी विभागनजिक बस रोकेर राखिएको अवस्थामा सोमबार मध्याह्न करिब सवा १२ बजे बसमा आगलागी भएको थियो।

आगलागीमा चालक लामा गम्भीर घाइते भएका छन्। उनलाई उद्धार गरी कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले बसको ढोका फोरेर उनलाई बाहिर निकालेको थियो ।


प्रतिकृया दिनुहोस्