Skip

Hamro Sanchar

बिजुलीको कर हट्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ५ गते


Advertisement

५ असोज, काठमाडौं । बालेन सरकारले विद्युत् महसुलमा लगाउँदै आएको भ्याट (कर)हटाउने तयारी गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र अर्थमन्त्री डा। स्वर्णिम वाग्लेबीच भएको छलफलमा भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भएको ऊर्जा मन्त्रालय स्रोतले जनाएको छ।

चालु आर्थिक वर्षदेखि घरायसी ग्राहकका लागि ५ प्रतिशत र औद्योगिक तथा अन्य गैरघरायसी ग्राहकका लागि १३ प्रतिशत भ्याट लगाइएको थियो।

विद्युत्मा कर लगाउँदा उपभोक्ता तथा उद्योग–व्यवसायको लागत बढ्ने भन्दै यसको विरोध हुँदै आएको थियो।

अब मन्त्रिपरिषद्बाट औपचारिक निर्णय भएपछि भ्याट हटाउने प्रक्रिया अघि बढ्नेछ।

साथै, साउनदेखि विद्युत् महसुलमा उठाइएको भ्याटको हिसाब मिलाएर आगामी बिलमा रकम समायोजन गर्ने तयारी रहेको स्रोतले जनाएको छ।


प्रतिकृया दिनुहोस्