Skip

Hamro Sanchar

त्रिपुरेश्वरमा बस भित्रै थिए चालक, गाडीमा लाग्यो आगो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ५ गते


Advertisement

५ असाेज, काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित बस स्टप अगाडि बसमा आगलागी हुँदा चालक घाइते भएका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बा ५ ख ४२७४ नम्बरको ऋद्धिसिद्धि यातायात बसमा अचानक आगलागी भएको हो।

आगलागीमा परी काभ्रे घर भएका २५ वर्षीय चालक दावा लामा घाइते भएका छन्। उनी बसभित्रै रहेका बेला आगलागी भएको प्रहरीले जनाएको छ।

घाइते चालक लामालाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

आगलागीको कारण भने अझै खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्