Skip

Hamro Sanchar

सरकारविरुद्ध बाेल्दै आएका राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ४ गते


Advertisement

४ असाेज, काठमाडौं । आफूलाई राजनीतिक विश्लेषक बताउने भरत दाहाल पक्राउ परेका छन्।

उनलाई आज बिहान मोरङको बेलबारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले साइबर ब्युरोमा परेको उजुरीका आधारमा दाहाललाई नियन्त्रणमा लिइएको बताए ।

उनलाई पक्राउ गर्न नेपाल प्रहरीको साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको थियो ।

उनलाई आजै काठमाडौं ल्याउने तयारी भइरहेको छ। दहाल पछिल्लो समय सरकारविरुद्ध आलोचना गर्दै आएका थिए ।


प्रतिकृया दिनुहोस्