३ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले
नागरिकलाई निराशामा राखेर कुनै पनि राज्य र व्यवस्था सफल नहुने बताएका छन् ।
संविधान दिवसका अवसरमा आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन्।
पौडेलले राजनीतिक परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न व्यवहारमै सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक रहेको बताए।
नागरिकमा आशा जोगाउन राज्यले प्रभावकारी सेवा प्रवाह गर्नुपर्नेमा उनले जोड दिएका छन्।































