१ भदौ, काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत रोकिएको विजेता घोषणा गरिएको छ । कार्यक्रमअन्तर्गत भदौ महिनाको नतिजा आज सार्वजनिक गरिएको हो ।
भदौका ३३ जना विजेताको सार्वजनिक गरिएको छ । तीमध्ये ३१ जनाले जनही १ लाख रुपैयाँ र २ जनाले बम्पर उपहारअन्तर्गत १० लाख प्राप्त गरेका छन् ।
यसअघि भोटेकोशी बाढीका कारण भदौ १६ गतेका लागि तय गरिएको उपहार घोषणा कार्यक्रम स्थगित गरिएको थियो ।


































